धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाईने 
2022/05/29, 5:06
 
ss

सरकारले आगामी बजेटबाट धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढी विमानस्थललाई स्तोरोन्नति गरेर क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्यन गरिने बताए।

अहिले धनगढी विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआरलाई अन्तिम रुप दिने तयारी भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नापी विभागबाट डिजिटल नक्सा प्राप्त गरेसँगै डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

यस्तै विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया पनि सुरु हुने बताइएको छ।