
कैलालीको गेटामा मेडिकल कलेज स्थापना गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा गेटामा मेडिकल कलेज स्थापना गरिने बताएका छन् ।
सेती र महाकाली प्रादेशिक अस्पतालसँगको सहकार्यमा विश्व विद्यालय सहितको मेडिकल कलेज स्थापना गरिने उल्लेख गरिएको छ ।

मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने पनि बजेट भाषणमा अर्थमन्त्री शर्माले जनाए।
गेटा मेडिकल कलेजमा पूर्वाधार विकासको काम ९० प्रतिशत सकिएको छ। सञ्चालनका लागि ढिलाई भएको भन्दै अहिले कैलालीमा चरणवद्ध आन्दोलन भइरहेको छ।
डडेल्धुरामा पनि मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडी बढाईने उल्लेख गरिएको छ । यदपी बजेट भने उल्लेख गरिएको छैन् ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35