
कञ्चनपुरको बेलौरी नगरपालिकास्थित बेलौरी बजारमा सवारी साधन जथाभाबी पार्किङ गरिए कारबाही गरिने भएको छ। सोमबार बेलौरी यातायात प्रालि र बेलौरी अस्थायी ट्राफिक पोष्टको सहकार्यमा उक्त निर्णय गरिएको हो।

सवारी दुर्घटना न्यूनीकरणका साथै जथाभाबी पार्किङ रोक्न २र२ थान नो पार्किङ बोर्ड र पार्किङबोर्ड अस्थायी ट्राफिक पोष्टलाई हस्तान्तरण गरिएको बेलौरी यातायात प्रालिका सचिव ईश्वरबहादुर चन्दले बताए।
पार्किङ निषेध क्षेत्र एवं फुटपाथमा पैदल यात्रु र अन्य सवारीलाई असर पर्ने गरी सवारी साधन पार्किङ गरिएको पाइए तुरुन्त कारबाही गरिने बेलौरी अस्थायी ट्राफिक पोष्ट प्रमुख तेजेन्द्र धामीले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35