
बैतडीमा भरुवा बन्दुकसहित २ जना समातिएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजस्थित चौंसालको जंगलबाट दुईजना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोगडाकेदार वडा नं ८ का ४० बर्षीय हिक्मतबहादुर बिष्ट र डिलाशैनी ४ का २१ बर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन्। उनीहरुको साथबाट एकनाले दुईथान भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
यस्तै घोरलको जस्तो देखिने टाउको, घोरलको जस्तै देखिने दुई थान छाला र १५ केजी मासु पनि बरामद गरिएको उनले बताए। धामीगाउँ प्रहरीचौकीबाट खटिएको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35