कञ्चनपुरमा आफ्नै खेत जोत्न पाउँदैनन् किसान, भारतीय अवरोध
2022/06/02, 4:18
 
ss

कञ्चनपुरमा स्थानीयले आफ्नै खेत जोत्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्।

जिल्लाको बेलौरी नगरपालिका-१० स्थित सडकघाटमा नेपाली नागरिकले बुधबार आफ्नो खेत जोत्न खोज्दा भारतीय एसएसबीले अवरोध गरेको हो।

लालपुर्जा समेत भएको खेत जोत्न गएका बेलौरी(१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई एसएसबीले खेत जोत्नमा रोक लगाएको छ। उक्त जमिन भारतमा पर्छ भन्दै बताउँदै आफूलाई खेत जोत्न नदिइएको उनले बताए। तर, आफूले सो जमिनको कर तिर्दै र चलनभोग गर्दै आएको उनको भनाइ छ।

यो क्षेत्रमा सीमा विवादको समस्या पुरानै हो। नेपाल सरकारले यो समस्या समाधानका लागि पहल नगरेको त्यहाँका स्थानीयको गुनासो छ।