
कैलालीको कैलारी गाउँपालिका कार्यपालिकाको पहिलो बैठकले मालपोत करमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको छ।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकबाट मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्रबहादुर बमले जानकारी दिए।
त्यस्तै, बैठकबाट नवजात शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नुन र तीन पिस साबुन दिने, गाउँपालिकाका कुनै पनि सुत्केरी महिलालाई कैलालीभित्र सुत्केरीको समयमा विरामी भएर बाहिर लैजानु परेमा निस्शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको बमले बताए।

बैठकले हसुलियामा विद्युत् काउन्टर खोल्न पहल गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35