रेशम चौधरीले कारागारबाटै लेखेको -कविता
2022/06/04, 1:11
 
ss

टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीले न्याय माग्दै कविता लेखेका छन्। हाल उनी काठमाडौँको डिल्लीबजार कारागारमा रहेका छन् । चौधरी निलम्बित प्रतिनिधिसभा सदस्य समेत हुन्।

उनले लेखेको कविता उनकी पत्नी रन्जिता श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन्। 

बैरीको बन्धनभित्र आफ्नैको घेरो कति खतरनाक ?
जेलभित्रको पनि जेलमा बसेर
मैले निर्णय गरेको छु
आफ्नो मुद्दा आफै लड्ने
समस्यासँग आफै भिड्ने
निर्दोषिताको संघर्षमा ७ साल बित्यो
अझै धेरै संघर्ष बाँकी छ
वार्ता होला, पौठेजोरी होला
शान्तिपूर्ण जनमतको वार्ता
विजय सुनिश्चित छ
जनता भिडेका बेला
शासक नहारेको इतिहास कहाँ छ र ?
जो जो चोर छन्, ठुलै स्वर छ उनको
समाज भाँडिराखे मात्रै चुल्हो बल्छ उनको
अशान्ति बनाई राखे उनैले राज गर्छन्
उनैले जनता मार्छन्, उनै महाराज बन्छन्
श्रीमान् १ न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन ।
हालः डिल्लीबजार, कारागार