
नेपाल–भारत सीमा नदी महाकालीमा जलमापन यन्त्र जडान भएको छ। वर्षात्को समयमा महाकालीको सतह बढ्ने भएकाले समयमै पानीको मात्रा बुझ्नग महाकाली नगरपालिका–९ दत्तुमा आधुनिक जलमापन यन्त्र जडान गरिएको हो।

जल तथा मौसम विज्ञान केन्द्र अत्तरियाका कार्यालय प्रमुख गोविन्द झा नेतृत्वको टोलीले तीन दिन लगाएर यन्त्र जडान गरिएको जनाएको छ। उनका अनुसार मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान गरिरहेको छ।
त्यसैअनुसार दार्चुलामा महाकाली नदी र चौलानी नदीमा जलमापन यन्त्र जडान गरिन लागेको हो। यहाँ जडित यन्त्रले महाकालीको जलस्तरको अवस्था काठमाडौंबाट पनि हेर्न सकिने अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागका कार्यालय प्रमुख झाले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/22, 9:50
2021/06/12, 10:35
2022/02/04, 2:55
2023/02/17, 5:45