
मंगलबार जिल्ला समन्वय समिति बैतडीको निर्वाचन सम्पन्न भयो। १० स्थानीय तह रहेको जिल्लामा पालिका प्रमुख र उपप्रमुखका गरी २० मत खसेका थिए।

समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने प्रावधान रहेको छ।
तर तिनै प्रमुख, उपप्रमुखले बदर मत खसालेका छन्। निर्वाचनमा उपप्रमुख पदमा २, दलित महिला सदस्यमा २ र खुला सदस्यमा ३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार समन्वय समितिको निर्वाचनमा ७ मत बदर भएको छ।