अछाम किशोर मृत्यु प्रकरणः पाँच जना नियन्त्रणमा
2022/06/08, 12:10
 
ss

अछामको पञ्चदेवल विनायक नगरपालिका(४ का विनोद शाही मृत्यु प्रकरणमा अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ सीआइबीले पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

सीआईबीले हिजो साँझ पाँच जनालाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको हो, अहिले घटनाको अनुसन्धान सीआईबीले नै गरिरहेको छ- जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले भने। 

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो।

मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन्। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्। किशोरको शव उनका आफन्तले अझैँ उठाउन दिएका छैनन्।