डडेल्धुरामा प्रभावकारी बन्दै दिवा खाजा
2022/06/10, 4:54
 
ss

सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ। विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ। 

डडेल्धुराको अमरगढी नगरपालिका–५, खलङ्गास्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक तथा दिवा खाजा कार्यक्रम संयोजक रमेश ऐरले खाजा कार्यक्रमपछि विद्यार्थीको आकर्षण बढेको र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको बताए।  विद्यार्थीलाई चना, अन्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउने गरिएको उनले बताए।   सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थी बढेको शिक्षक ऐरले बताए।  यस्तै नुवाकोट माध्यमिक विद्यालय घटालका शिक्षक मोहन भण्डारीले दिवा खाजाले विद्यार्थी सङ्ख्या बढाउन मद्दत गरेको बताएका छन्।     

सरकारले बालविकासदेखि पाँच कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेको छ। विद्यार्थीले विद्यालयमा नै खाजा खाने सुविधा पाएपछि बजारमा पाइने चटपटे, चाउचाउ, कुरमुरे, बिस्कुटजस्ता जङ्कफुड खान रोकिएको महेन्द्र माविका प्रधानाध्यापक सुरेन्द्र ऐरले बताए।