
कैलालीमा शनिबार अपराह्न हावाहुरीसहित हल्का वर्षा भएपछि थोरै राहत भएको छ । थोरै भएको वर्षाले अलि–अलि शितल भएपछि अत्यधिक गर्मी खेपिरहेका कैलालीवासीलाई थोरै राहत महसुस भएको हो ।

लामो समयसम्म पानी नपरेका कारण कैलालीसहित तराईको जनजीवन गर्मीले प्रभावित भएको छ । अत्यधिक गर्मी भएपछि विद्यालयमा पठनपाठनसमेत प्रभावित भइरहेको छ । कैयौं विद्यालय केहि दिनका लागि बन्द भइसकेका छन् ।
तर, शनिबारको वर्षा र त्यसपछि चलेको हावाले भने केहि राहत महसुस भएको छ । स्थानीय वायु र पूर्व–पश्चिमी न्यून चापिय रेखाको प्रभावले हावाहुरीसहित बादलको विकास भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी खिएको छ । कैलालीमा भएको वर्षा मनसुनी नरहेको र सुदूरपश्चिममा मनसुन पुग्न अझै केही दिन लाग्ने विज्ञहरुको भनाइ छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08