
बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार राष्ट्रिय खोप तालिका अनुसार २ वर्ष मुनिका बालबालिकाहरुले पाउने सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

गाउँपालिकाभरी जन्मेदेखि १५ महिना सम्मका ५०२ र १६ देखि २३ महिना सम्मका ३३३ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइसकेको महराले बताए।
उनले बैतडी २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसकेको र त्यसको निरन्तरताका लागि प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको बताए। जन्मेदेखि २ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगविरुद्ध १२ प्रकारका खोप दिने गरिएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35