
गर्मी बढेको भन्दै विद्यालयमा ४ दिन बिदा दिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले थप बिदा दिने निर्णय गरेको छ।

गर्मी कम नभएको भन्दै सोमबारदेखि असार २ गतेसम्म बिदा थप गरिएको नगरपालिकाले जनाएको छ।
यसअघि नगरपालिकाले जेठ २४ गतेदेखि २७ गते शुक्रवारसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको जनाएको थियो।
