
कैलालीको धनगढी उपमहानगरपालिकाका युवक लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपमहानगरपालिका– ६ का घर भएका २८ वर्षीय सुरज चौधरी रहेका छन्।

मंगलवार पक्राउ परेका उनको साथबाट ७ ग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
