
सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा ५ अर्ब बढी बजेट विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्।
उनका अनुसार सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको हो।
