
सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकारीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।

बिहिबार बिहान आदर्श–६ गिरीचौकाको बबिनादेखि बैतडीको सिगास गाउँपालिका–७ साङडामा रोपाईँका लागि जाँदै उनी साँघुबाट खसेको स्थानीय गणेश खडायतले बताए।
गत कात्तिकमा परेको अबिरल वर्षाका कारण गिरीचौका र बबिना जोड्ने झोलुङ्गे पुल बगाएको थियो। त्यसपछि स्थानीय सोही साँघुबाट ओहोर–दोहोर गरिरहेका छन्। तर, बर्सातको समयमा उक्त साँघुबाट विद्यालय जाने, घाँसदाउरा तथा खेत रोप्न जानेहरुलाई समस्या हुने स्थानीय पदम खडायत ले बताएका छन्।

झोलुङ्गे पुल बगाएपछि आदर्श गाँउपालिका र सिगास गाउँपालिकाले हालसम्म नयाँ पुलका लागि कुनै पहल नगरेको उनको गुनासो छ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08