
कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–९ बस्ने २४ वर्षीय कमल बादी, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल बादी र सोही नगरपालिका–३ बस्ने २५ वर्षीय ओकेन्द्र बादी रहेका छन्।

उनीहरुलाई पुनर्वास नगरपालिका–४ कार्गिलडाँडाबाट १ ग्राम १८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, ५ ट्याब्लेट नाइट्राभेट, नगद १२ हजार १८५ र ३७० भारतीय रुपैयाँसहित बुधबारे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/23, 7:06
2020/12/14, 8:08