
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।




2022/07/01, 9:55
2022/07/01, 9:53
2022/07/01, 9:52
2022/07/01, 9:51
2022/07/01, 9:50
2022/06/17, 1:07
2022/06/17, 12:58
2022/06/17, 12:56
2022/06/17, 12:52
2022/06/17, 12:50
2021/05/01, 10:59
2021/11/22, 1:02
2020/07/31, 10:45
2021/05/02, 10:34