सुदुरपश्चिमका ३ निर्माण कम्पनीसहित २१ ब्यवसायी कालोसुचीमा परेका छन्। तोकिएको समयमा काम नसक्ने र योजना अलपत्र पार्ने सुदुरपश्चिमका ३ निर्माण कम्पनीसहित २१ ब्यवसायीलाई कालोसुचीमा परेका हुन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सुचना जारी गर्दै सार्वजनिक निकायहरुको सिफारिसमा समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई कालो सुचीमा राखिएको जनाइएको छ । कालो सुचीमा पर्नेमा कञ्चनपुरको महाकाली गौरब बिल्डर्स प्राली रहेको छ । पथरैया मोहना सिचाँई ब्यवस्थापन कार्यालय कैलालीको सिफारिसमा उक्त प्रालीलाई १ बर्षका लागी कालो सुचीमा राखेको छ। उक्त महाकाली गौरब बिल्डर्स प्रालीका सञ्चालक प्रमानन्द भट्ट कापडी हुन् ।
यस्तै संघिय सडक सुपरिबेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन डोटीको सिफारिसमा बझाङ्गको न्यू कालिका निर्माण सेवालाई २ बर्षका लागी कालोसुचीमा राखिएको छ। उक्त निर्माण कम्पनीका सञ्चालक ललित बहादुर बोहरा रहेका छन् । य
स्तैको डोटीको बडीकेदार गाउँपालीकाको सिफारिसमा डोटीकै भुमिराज रोशन निर्माण सेवालाई १ बर्षसम्म कालोसुचीमा राखिएको छ । सो निर्माण कम्पनीका सञ्चालक छपेशसिंह मल्ल रहेका छन् । कालोसुचीमा परेका निर्माण ब्यवसायी तथा आपुर्तीकर्ताहरुले कालोसुचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनै पनी खरिदको काम कारवाहीमा सहभागि वा भागलिन पाउँदैनन् ।