कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, २ गम्भीर घाइते 
2022/06/19, 2:24
 
dd

कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णपुर नगरपालिका(२ वाणीका ४२ वर्षीय केशवराज पन्त रहेका प्रहरीले बताएको छ।

प्रहरीका अनुसार शनिबार शुक्लाफाँटा नगरपालिका(११ स्थित पूर्वपश्चिम राजमार्गमा वाणीबाट कलुवापुरतर्फ गइरहेको लु ७९ प १३४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका(४ का अन्दाजी २४ वर्षीय पुष्कर शाह र पछाडि सवार बेलौरी नगरपालिका(९ का अन्दाजी २४ वर्षीय सुरेश राना गम्भीर घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। मृतक पन्तको पनि माया मेट्रोमै उपचारका क्रममा मृत्यु भएको बताइएको छ।