
बैतडीलाई सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ। जिल्ला खोप समन्वय समितिको शनिबार बसेको बैठकले असार ६ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो।

जिल्लाका १० ओटै स्थानीय तहका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेकाले भोलि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको हो। २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको बैतडीलाई हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ।
१६ देखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40