अछाम शाही मृत्यु प्रकरणः पीडा माथि पीडा नथप्न प्रशासनलाई आफन्त पक्षको आग्रह 
2022/06/19, 2:46
 
ss

अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा न ४ मा मृतअवस्थामा भेटीएका विनोद शाहीका आफन्तहरुले अछाम प्रशासन प्रति आक्रोस ब्यक्त गरेका छन ।

घट्नाको अनुसन्धान भईरहेको र यस कार्यमा पिडित पक्ष र केही स्थानीयले सहयोग नगरेको भन्ने केही संञ्चार माध्यममा समाचार प्रकाशन भएको भन्दै प्रशासनको यस्तो जवाफले आफुहरुलाई थप पिडा थपीएको पिडित पक्षको गुनासो छ ।

हामी न्यायको भिक मागी रहेका छौ पिडित पक्षबाटै अनुसन्धान कार्यमा सहयोग भएन भन्ने जिल्ला प्रशासनको जवाफ गैर जिम्मेवार र अनुसन्धानलाई प्रभावित पार्नेखालको रहेको बताएका छन ।

जिम्मेवार निकाय बाट नै यस्तो जवाफ आउनु दुखद भएको भन्दै अपराधीलाई प्रशय दिने खालका अभिब्यक्ति नदिन जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेका छन ।

पिडित पक्षले घट्नामा संग्लग्न ब्यक्तिहरु यी यी हुन भनेर जाहेरी दिदा समेत आरोपीत ब्यक्तिहरु पक्राउ गर्न नसक्ने अछाम प्रशासनबाट न्यायको आस मरीसकेको मृतक विनोदका दाई बखत शाहीले बताए । 

पिडित पक्षले आफ्नो जाहेरीमा नाम उल्लेख गरेका नगर प्रमुख अम्बीका चलाउने सहित १३ जनाकोनै घट्नामा हात रहेको पिडित पक्षको दाबी छ । विनोदो शाही न्यायका लागी संघर्ष समितीले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले अछाम प्रशासनलाई पिडित पक्षलाई थप पिडा दिने काम नगर्न अनुरोध गर्नुभएको छ ।

जायरी दर्ता भएको १० दिन वितीसक्दा समेत आरोपीत ब्यक्तिहरु अहिलेसम्म पक्राउ नपरेकाले यस कार्यले विनोदको आत्माले शान्ती नपाएको उहको भनाई छ । यस घट्नालाई राजनीती संग नजोडन समेत पिडित पक्षले आग्रह गरेका छन । यस्ता आपराधिक घट्नालाई राजनीती रंग नदिन आग्रह गरेका हुन ।

कार्यक्रमा बोल्दै संघर्ष समितीका संयोजक भिम बहादुर बिष्टले कालीकास्थानमा घट्ना घटाउन भूमिका खेल्ने अछामका प्रहरी प्रमुख रविराज थपलीयालाई निलम्बीत गर्नुपर्ने र अछामका प्रमुखजिल्ला अधिकारी बिश्वराज मरासेनीले जिल्ला छोड्नुपर्ने बताए । 

घट्ना घटेको यतिका दिन वितीसक्दा समेत आरोपित ब्यक्तिहरु पक्राउ गर्न नसक्ने कार्यालय प्रमुखहरुलाई जिल्लामा बस्ने अधिकार नभएको बिष्टको भनाई छ । सत्ता र शक्तिको आडमा अहिलेको प्रशासन चलीरहेकाले उहाहरु जिल्लामा रहेसम्म विनोदका आफन्तले न्याय नपाउने बताउनु भएको छ ।

घट्ना भएको समय देखी नै नगर प्रमुख र प्रहरी प्रशासनको गतिविधिले थप आशंका उब्जाएको बिष्टको भनाई थियो । एकअर्को प्रशंगमा बोल्दै समितीका संयोजक बिष्टले विनोदका हत्यारालाई पक्राउ नगरेसम्म नगरपालिकामा लगाएको ताला समेत नखोलीले बताउनु भएको छ ।

मृत विनोद शाहीका बुवा बल बहादुर शाहीले न्याय दिन अछाम प्रशासनलाई आग्रह गरेका छन् । आफ्नो १६ बर्षिय छोराको नृमम तरिकाले हत्या गएिकोले अरु विनोदको यसरी हत्या नहोस भन्दै न्यायका लागी पहल गरिदिन जिल्लाका सरोकारवालालाई आग्रह गरे । 

अछाम प्रहरीको कमजोरीकै कारणले अहिलेसम्म हत्यार पत्ता नलागेकाले यस कार्यमा सयहोग गरिदिन जिल्लाका सरोकारवालालाई अनुरोध गरेका छन् ।