डोटीका स्थानीय तह नीति तथा कार्यक्रमको तयारीमा
2022/06/23, 10:56
 
ss

डोटीका स्थानीय तह आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमहरु ल्याउन तयारी गरिरहेका छन्। जिल्लाका सबै स्थानीय तहहरुले असार १० गतेभित्रै नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन्। त्यसकै लागि जनप्रतिनिधिहरु अहिले सर्वपक्षीय छलफलमा व्यस्त रहेका छन्। 

आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले अहिलेसम्म विभिन्न निकायका व्यक्तिहरुसँग छलफल गरिसकेको बताए। उनले गाउँपालिका भित्रका विभिन्न राजनीतिक दलका व्यक्ति, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति, महिला सञ्जाल, बाल क्लबका प्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तिहरु, कृषकहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरले सबैको सल्लाह र सुझाब अनुसार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताए। ‘बजेटको सहि सदुपयोग होस् भन्ने उद्देश्यले पालिकाको निति तथा कार्यक्रमको पूर्बसन्ध्यामा गहन छलफलमा रहेका छौं’ उनले भने। 

यस्तै पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले वडाहरुबाट आउने योजनाका लागि वडास्तरमासमेत विभिन्न किसिमका कार्यक्रम भइरहेका बताएका छन्।