कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 
2022/06/23, 10:59
 
ss

कञ्चनपुरमा भैँसीगाडासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन्। 

मृत्यु हुनेमा जिल्लाको पुनर्वास नगरपालिका १ का २४ वर्षीय मोटरसाइकल चालक जितराम राना रहेका छन्।

बुधबार राति ८ः३० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगरबाट चानदेउतर्फ गइरहेको सुपप्र ०१ ००१ प ८३९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भैसीगाडासँग ठोक्किएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

घाइते जीतरामलाई उपचारका लागि बेलौरीको इशान मेमोरीयल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै पछाडी सवार पुनर्वास नगरपालिका १ बस्ने ६५ वर्षीय शंकर राना घाइते भएका छन्। उनलाई थप उपचारका लागि धनगढी पठाइएको जनाइएको छ। मोटरसाइकल भने बेलौरी प्रहरीको नियन्त्रणमा छ।