गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी जोशीलाई, प्रतिष्ठानको मोडालिटीमा सञ्चालन हुने
2022/06/23, 11:10

राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई कैलालीको गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी दिइएको छ ।

ट्रमा सेन्टरबाट सरुवा गर्दै जोशीलाई गेटा मेडिकल कलेजमा सरुवा गरेको हो । जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समयसम्म काम गरेका थिए।
सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ। अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ। ट्रमा सेन्टरमा पनि जोशीले धेरै सुधारको काम गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उनको गेटा सरुवा हुन लागेको हो।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44