सन्दीप क्षेत्रीको धनगढीमा विशेष प्रस्तुती हुने, निशुल्क प्रवेशको व्यवस्था
2022/06/23, 11:16
 
ss

स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार(असार १०) गते धनगढीमा विशेष कार्यक्रम हुने भएको छ ।एसईई र  १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो । 

ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्र्रियात्मक सेशनहरु गर्नुहुनेछ । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुती समेत रहनेछ ।

कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ । आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । निशुल्क इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधैँ कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ । 

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले चर्चित स्ट्यान्डकप कमेडियन, अध्यापक तथा बौद्धिक व्यक्तित्वको पहिचान बनाउँनु भएका सन्दीप क्षेत्रीको कार्यक्रममा उपस्थित भई जीवनउपयोगी ज्ञान हासिल गर्न सम्पूर्णलाई अनुरोध गर्नुभयो । 

‘चर्चित स्टान्डकप कमेडियन, प्राध्यापक, तथा बौद्धिक व्यक्तित्व सन्दीप क्षेत्रीबाट विधार्थीहरुलाई एसईई तथा १२ कक्षा पछाडि कुन करिअरमा जाने र जिन्दगीलाई कस्तो बनाउँने भन्नेबारेमा एउटा ज्ञान प्रवर्दनात्मक कार्यक्रम भएकाले सबैलाई उपस्थित भई आफ्नो भविष्यको बाटो सुनिश्चित गर्नका लागि हार्दिक अनुरोध गर्दर्छौ,’ क्याम्पसप्रमुख उपाध्यायले भन्नुभयो । 

यस्तै धनगढीमा आफ्नो कार्यक्रमबारे जानकारी दिदैँ कलाकार क्षेत्रीले एसईई तथा १२ कक्षा दिएर बसेका विधार्थीहरुका मनमा उठेका धेरै प्रश्नहरुको उत्तर दिने प्रयास आफूले गर्ने बताउँनुभयो । ‘अब के पढ्ने कस्तो होला? भविष्यमा के पढेर के होला? भन्ने मनमा उठेका प्रश्नहरुको जवाफ दिने प्रयास म गर्नेछु,’ सन्दीपले भन्नुभयो, ‘यहाँहरु सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।’