कञ्चनपुरमा चरेस सहित एकजना पक्राउ 
2022/06/25, 7:08
 
ss

कञ्चनपुरमा चरेससहित एकजना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाई रहेको प्रहरीले बताएको छ। 

उनलाई भिमदत्त नगरपालिका १८ सालघारीबाट ४७. ५५ ग्राम लागूऔषध चरेश सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।