
गएराति देखि परिरहेको वर्षाले दार्चुला जिल्लाका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । महाकाली नगरपालिका -८ स्थित असिगडामा खसेको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीच बाटोमै रोक्किएका छन् । अहिले महाकाली नगरपालिकाको स्काभेटर प्रयोग गरि सडक खुलाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसैबीच खलंगा -दल्लेख, खार सडक अन्तर्गतको मालबेला क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा खानेपानी अवरुद्ध भएको छ । बिगत महिनौ देखि खानेपानीको अनियमित समस्या भोगिरहेका खलंगाबासीका लागि उक्त पहिरोले थप समस्या निम्त्याएको छ । सो क्षेत्रमा प्रदेश सरकारले सडक खन्दा बेला(बेला खलंगाको खानेपानी अवरुद्ध हुने गरेको छ ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20