चट्याङ लागेर कैलाली कञ्चनपुरमा तीन जनाको मृत्यु
2022/06/28, 11:17
 
dd

 अबिरल बर्षासंगै परेको चट्याङका कारण कंचनपुर र कैलालीमा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन । 

चट्याङमा परि कंचनपुरको पुनर्वास नगरपालिका ६ टाउन बजार प्रतिभानगरका देबेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठको खेतमा काम गर्दै गर्दा चट्याङमा परि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । 

त्यस्तै पुनर्बास नगरपालिकाकै ८ मा चट्याङ लागेर  सालिभान थापाकि श्रीमती सारदा थापाको समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको समेत खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक मल्लले बताए ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतीमा रहेको रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाई गर्दै गर्दा कञ्चनपुर कृष्णपुर नगरपालीका ५ बस्ने बर्ष ४८ को पुनाराम चौधरी  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी चट्याङ लागेर बेलौरी नगरपालिका ९ का बाधुराम रानाको श्रीमती बजलिया राना घाइते भएकी छिन । उनको इसान अस्पताल गुलरियामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।