
बाजुराको हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको छ। समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य संकट भएको हो। हिमाली गाँउपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले समझौता भएको चामल ढुवानीको नगर्दा महिना दिनदेखि खाद्य संकट भएको स्थानीय धनलाल रोकायाले बताए।

हिमाली गाँउपालिकाको कवाडी अस्थाई डिपोमा चामल सकिएपछि स्थानीयहरु रित्तै फर्किन बाध्य भएका छन्। कवाडी अस्थायी डिपोका लागि यो आर्थिक वर्षमा ४५ सय क्विन्टल रहेको थियो। तर, ठेकेदारले २८ सय चामल मात्र बोकेको थियो। हिमाली गाँउपालिका बाजुराको दुर्गक गाँउपालिका हो।
यो गाँउपालिका पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ। यता, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारले कवाडीमा चामल सकिएको जानकारी आएको बताएका छन्। यस्तै चामल ढुवानीको लागि सम्बन्धित कार्यलयमा ताकेता गरेको उनले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46