
भारतको तपोवन धारचुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटको ढोका खोलिएको छ ।

आज बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
महाकाली नदीमा जलसहत बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको ढोका बेलुका ८ बजेसम्म खुला हुने पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको सूचनामा उल्लेख छ ।

महाकाली जलाधारका केही ठाउँमा वर्षासमेत भएकाले नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनको आग्रह छ ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 5:04
2020/09/16, 5:55
2021/07/10, 1:37
2022/03/17, 12:12
2023/04/15, 5:18