
पहिरोले अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ। बैतडीको खोड्पे नजिक आरुबाटा भन्ने स्थानमा पहिरोका कारण आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले राजमार्ग सोमबार बिहान ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए। पानी परेपछि उक्त स्थानमा पहिरो खस्ने सम्भावना कायमै रहेको जोशीले बताएका छन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40