
कञ्चनपुरमा युवक स्कुलको छतमा मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले उनीसँगै रहेका अर्का एक जनाई पक्राउ गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा रहेको गोल्डेन ब्रीज बोर्डिङ स्कुलको दुई तले छतमा वडा नम्बर ७ हल्दुखालका अन्दाजी २२ वर्षीय प्रेमसिंह धामी मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० चक्र शाहले धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि उनीसँगै छतमा सुतेका अर्का एक युवकलाई पक्राउ गरिएको बताए । डीएसपी शाहकाअनुसार उनीहरु दुवै जना लागुऔषध प्रयोगकर्ता हुन् ।

प्रारम्भीक अनुसन्धानका क्रममा दुवै जना वियर र लागुऔषध सेवन गरेर आराम गर्ने भन्दै स्कुलको छतमाथि गएका थिए तर धामीको मृत्युपछि पक्राउ गरिएका उनकै साथीले प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08