
बैतडीमा बलात्कार आरोप लागेका क्याम्पस प्रमुखले राजीनामा दिएका छन्। बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले सोमबार (आज) राजीनामा दिएका हुन्।

नेगीले आफूप्रतिको आग्रह र पूर्वाग्रहका कारण केही अमुख व्यक्ति, राजनीतिक दलका भातृसंगठनहरुले अपुष्ट कुरा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकोले सत्यतथ्य छानबिन नहुन्जेलसम्मका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उनीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको हो। पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छिन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27