देशकै दशौँ नमुना सहर पाटनमा एकीकृत कृषि बजार सञ्चालन हुँदै
2022/07/11, 12:10
 
dsds

देशकै दशौँ नमुना सहर बैतडीको पाटन नगरपालिकामा एकीकृत कृषि बजार सञ्चालन हुने भएको छ। वडा नम्बर ६ पाटन बजार पहाडि लोकमार्गसँगै जोडिएको भवनमा कृिष बजार सञ्चालनको प्रक्रिया थालिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए। 

विभिन्न कृिष उपज उत्पादक कृषक, उपभोक्ता तथा थोक व्यापारीको एक आपसमा समन्वय तथा तादम्यता मिलाई कृषि बस्तुको सहज उपलब्धता गराउन कृषि बजार सञ्चालन गर्न लागिएको उनले बताए। कृषि बजार सञ्चालनका लागि ३ सटर भाडामा लिन ७ दिने सूचना प्रकाशित गरेको उपप्रमुख बोहराले बताए। 

इच्छुक कृषक, सहकारी संस्था, निजी कृषि उद्यमीहरुले असार २९ गतेभित्र पाटन नगरपालिकाको कृषि विकास शाखामा निवेदन पेस गर्न सकिने शाखा प्रमुख महेश अवस्थीले बताए।  बजार सञ्चालन भएपछि कृषि उपजले बजार पाउने तथा उपभोक्ताले न्यून मूल्यमा कृषि उपज पाउने अपेक्षा गरिएको वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्र बिष्टले बताए।