
भारतले महाकाली नदीमा लगाएको अस्थायी बाँध हटाउने भएको छ । गत अप्रिलमा भारतले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणका क्रममा नदीको बहाव फर्काउन अस्थायी बाँध तारजालीसहितको पर्खाल लगाएको थियो ।

तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको तथा नदीमा पानीको बहाव बढ्दै गएकाले अस्थायी बाँध हटाउन भारतको पिथौरागढ जिल्लाका डीएम आशिस चौहानले ठेकेदारलाई निर्देशन दिएका हुन् । उक्त अस्थायी बाँध साँझसम्म हटाइ सक्ने बताइएको छ ।
आइतबार उक्त बाँध हटाउनेबारे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र भारत पिथौरागढ जिल्लाका एसडीएम नन्दन कुमारबीच छलफलसमेत भएको थियो ।

भारतले एकतर्फी रुपमा नदीको बहाव नेपालतर्फ फर्काउन बाँध बाँधेको भन्दै खलंगा, बांगाबगडका स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई ज्ञापन बुझाएका थिए ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 5:04
2020/09/16, 5:55
2021/07/10, 1:37
2022/03/17, 12:12
2023/04/15, 5:18