
११ बजेका लागि डाँकिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।

सरकारले ल्याएको बजेटबारे छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन्।

कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने जनाइसकेको छ। विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि बजेटको विरोधमा छन्।