सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति, प्रदेश सभामा बजेटमाथि छलफल सुरु
2022/07/13, 7:45
 
ss

सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ ।प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो ।

बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरू भएको छ । बजेट संशोधन नहुँदासम्म प्रतिपक्षी दलले संसद् बहिष्कार गर्दै आएका थिए ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचारु भएको छ । प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएपछि बैठक आज अपराह्नबाट सुचारु भएको हो । आजदेखि बजेटमा छलफल हुँदैछ ।

प्रतिपक्षी दलले राखेको १४ बुँदे मागमा प्रदेश सरकारले सहमति गरेपछि बजेटमा छलफल सुरु भएको हो ।