नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी बजेटको विपक्षमा उभिएकी छन् ।बजेट संशोधनको माग गर्दै आएकी प्रदेश सभा सदस्य जोशीले बजेट संशोधन नभई पक्षमा उभिन नसक्ने भन्दै आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट पास गर्न हिजो राति साढे ९ बजे बसेको प्रदेश सभाको बैठक बहिस्कार गरेकी हुन् ।
उनी बजेटका विपक्षमा उभिएर बहिस्कार गर्ने सत्ता साझेदार तीन दलका तर्फबाट एक्लो प्रदेश सभा सदस्य हुन् । सरकारले विधि र प्रक्रिया मिचेर ल्याएको बजेटले वित्तीय अनुशासन समेत उल्लङ्घन गरेको जोशीको आरोप छ । उनले बजेटले जनताको भावना नसमेटेको बताइन् ।आवश्यकताका आधारमा भन्दा पनि बिचौलियासँगको मिलेमतोमा योजना ल्याइएको जोशीले आरोप लगाइन् ।
प्रदेश सभाका अधिकांश सदस्यहरु बजेटको बिपक्षमा भएपनि पार्टीका केही नेताको दवावमा बजेट पास गर्नु गलत भएको जोशीको जिकिर थियो ।