
बैतडीमा सुस्तमनस्थिति भएकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा दुइ जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-४ मा २० वर्षीया अपांग युवतीमाथि बलात्कार आरोपमा उनीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका गोपिराम चुनारा र ललितराम चुनारा रहेका छन्। पीडित युवतीले प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई समातिएको थियो। अहिले उनीहरु दुवै जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
