
कैलालीकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखीमा क्याम्पस प्रमुखले गिरफ्तारी दिएका छन्। आइतबार क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगीले गिरफ्तारी दिएका हुन्।

गत असार २९ गते नेगीविरुद्ध ती मजदुर महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरिएको थियो। मुद्दा दर्ता भएपछि प्रहरीले उनको खोजी थालेको थियो। तर, आज नेगी आफै जिल्ला प्रहरी कार्यालय बैतडीमा पुगेका छन्। प्रहरीले घटनाको छानविन चलिरहेको बताएको छ।
यस्तै नेगीले क्याम्पस प्रमुख पदबाट यसअघि नै राजीनामा दिएका थिए। बलात्कार आरोप लागेपछि चर्को आलोचना खेपेका उनले नैतिकताका आधारमा राजीनामा दिएको र छानविनका लागि सघाउन राजीनामा दिएको जनाएका थिए।
