डोटीमा एक अर्ब बजेट फ्रिज
2022/07/19, 11:48
 
doti

आर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका कुल बजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो।

जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्व १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ। यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो।

यस्तै आर्थिक वर्ष ०७८/०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये ६ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ रुपैयाँ खर्च भएको छ। यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो।

जिल्लामा सो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका सूचना अधिकारी जयदेव पन्तले जानकारी दिए।