
सुदूरपश्चिममा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार कञ्चनपुरको सीमा नाकामा २०९ जना नमूना परीक्षण गर्दा ७ र कैलालीमा ५४ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण फेला परेको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइरहेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01