
कैलाली प्रहरीले खैरो हेरोइसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ का २३ वर्षीय बुटा सिंह, टीकापुर नगरपालिका–१ का ३१ वर्षीय जीवन शाह र वडा नम्बर ६ का २१ वर्षीय अमित रावल रहेका छन् ।

उनीहरुलाई बुटा सिंहको घरबाट पक्राउ गरिएको हो । लागुऔषध खाइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुका साथबाट पाँच ग्राम ४७० मिलीग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय भजनीमा राखेर थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01