जनताका अपेक्षा र हाम्रो काम गर्ने तौरतरिकाको तालमेलै मिलेनः मुख्यमन्त्री भट्ट
2022/07/27, 2:36
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताका विषयमा नकरात्मक टीकाटिप्पणी भैरहेको बताएका छन्। मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले धनगढीमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

हिजो गाउँपालिका राष्ट्रिय महासंघ नेपालले प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तर सम्बन्धका लागि व्यवस्था गरिएका संस्थागत संयन्त्रको क्रियाशीलताको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

उक्त कार्यक्रममा मुख्यमन्त्री भट्टले भने,  ‘जनताका अपेक्षा, हाम्रो काम गर्ने तौरतरिका र विधि प्रक्रियाहरू बीचको तालमेल नमिलेको कारणले संघीयताका बारेमा बेलाबेलामा टीकाटिप्पणी उठिराखेको हुन्छ। यसबाट हामी सबैले एकरूपताका साथ अगाडि बढ्नुपर्ने जरुरी छ।’

यस्तै भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि तीनै तहबीच सहकार्य आवश्यक भएको बताए।