सुदूरपश्चिममा अझै २२ प्रतिशत बालबालिकालाई पूर्ण खोप लगाउन बाँकी
2022/07/28, 5:38
 
ss

सुदूरपश्चिम प्रदेशका २२ प्रतिशत बालबालिकालार्ई अझै पूर्ण मात्राको खोप लगाउन बाँकी रहेको जनाएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले राजपुर डोटीले धनगढीमा आयोजना गरेको खोप सम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी दिइएको हो ।

प्रदेशका बाजुरा बाहेक बाँकी आठ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्  ।  कोरोनाका कारण बाजुरालाई भने पूर्ण खोप सुनिश्चित घोषण गर्न नसकेको स्वास्थ्य निर्देशनालयले राजपुरले जनाएको छ ।

अब केही महिना भित्र बाजुरालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश बनाउनको लागि आफूहरू तयारी गरिरहेको स्वास्थ्य निर्देशनालयका  निर्देशक  जगदीश जोशीले बताए । उनले हाल प्रदेशमा खोपको अभाव नरहेको समेत बताए । हाल सुदूरपश्चिम प्रदेशमा पनि कोरोनाको सङ्क्रमणको जोखिम पुनः बढ्दै गएको हुँदा खोप सबैले लगाउन उनले आग्रह गरे ।

प्रदेशमा १७ सय बढी खोप केन्द्र र १८ सय भन्दा धेरै खोप सेसन संस्थागत स्वास्थ्य संस्था तथा बाह्य खोप केन्द्रमार्फत राष्ट्रिय खोप कार्यक्रम सञ्चालनमा रहेका छन् । राष्ट्रिय खोप कार्यक्रमले बाल मृत्युदर घटाउन प्रमुख भूमिका रहेको पाइएको छ ।