
धनगढीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज अवलोकन गरेका छन् ।उनिसँगै प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालगायत सहभागी थिए ।

अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए । “मेडिकल कलेज छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्दछ भन्ने विषयमा पनि हामीबीच कुरा भएको छ,” उनले भने ।

त्यस्तै मेडिकल कलेजका भित्री संरचना विद्युत्, पानी, ढललगायतको व्यवस्थापनमा समस्या देखिएकाले त्यसको व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको जनाइएकोे छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14