
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा अस्पताललाई १३३ सेट डायलाइसिस मेशिन वितरण गरेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सम्बन्धित अस्पतालहरुमा पुगी आवश्यकता पहिचान गरेपछि सोही आधारमा अस्पतालहरुमा मेशिन वितरण गरिएको जनाएको छ।
व्यवस्थापन महाशाखाका अनुसार सुदूरपश्चिमको कैलालीस्थित सेती प्रादेशिक अस्पताललाई ४ सेट र डडेल्धुरा अस्पताल, डडेल्धुरालाई ५ सेट डायलाइसिस मेशिन वितरण गरिएको छ।

मन्त्रालयले बिरामीको समस्यालाई पहिचान गर्दै धेरै बिरामीले सहज रुपमा सेवा लिन सकून भनेर डायलाइसिस मेशिन थप गरेको जनाएको छ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14