
पछिल्लो समय बढ्दै गएका कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सरकारले देशका १७ अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको निःशुल्क उपचारबापत सम्बन्धित अस्पताललाई अनुदान दिने व्यवस्था गरिएको हो।

१७ मध्ये सुदूरपश्चिमका २ अस्पताल पनि रहेका छन्। सुदूरपश्चिम प्रदेशमा डडेलधुरास्थित डडेलधुरा अस्पताल र कैलालीमा रहेको सेती प्रादेशिक अस्पताललाई कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने अस्पतालका रूपमा तोकिएको छ।
गत असार ३१ गतेको निर्णयानुसार कोरोना संक्रमणको मध्यम अवस्था ९मोडरेट केस० र गम्भीर अवस्था सिभियर केसका बिरामीले तोकिएका १७ अस्पतालमा उपचार गर्दा शुल्क तिर्न नपर्ने मन्त्रालयले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14